इन्स्पेक्टरले जवान कुटेको घटना अनुसन्धान गर्न एसपीको नेतृत्वमा समिति गठन

विहीबार, ०१ जेठ २०८२
एसपी पदमबहादुर विष्ट

काठमाडौं : नागढुंगामा ट्राफिक प्रहरी निरीक्षकले ड्युटीमा रहेका प्रहरी जवानमाथि कुटपिट गरेको घटनाको छानबिन गर्न एसपी पदमबहादुर विष्टको नेतृत्वमा समिति गठन गरिएको छ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा गठित समितिमा ट्राफिक प्रहरी कार्यालय रामशाहपथका डीएसपी, जिल्ला प्रहरी परिसर काठमाडौंका एक निरीक्षकसहित पाँच सदस्य छन्।

समितिलाई सात दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ।

बुधबार दिउँसो नागढुंगास्थित ट्राफिक प्रहरी प्रभागका प्रमुख निरीक्षक जितेन्द्रकुमार साहले सोही प्रभागमा कार्यरत प्रहरी जवान मदन खड्कालाई गालामा चड्कन हानेर कुटपिट गरेका थिए।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि निरीक्षक साहलाई जिम्मेवारीबाट हटाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार