अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपाली विद्यार्थीको मृत्यु

मंगलबार, ३१ असार २०८२

काठमाडौँ : अमेरिकाको लुइजियाना राज्यस्थित लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा परि मृत्यु भएको छ।

स्थानीय मिडियाका अनुसार २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको शनिवार राति कार दुर्घटनामा ज्यान गएको हो।

उनीहरू अध्ययनरत लुइजियाना टेक विश्वविद्यालय नजिकै युएस–८० राजमार्गको १६६ किलोमिटर क्षेत्रमा उनीहरू सवार कार सडकबाट तल खस्दै रूखमा ठोक्किएपछि आगलागी भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको समयमा गाडीमा चार जना सवार थिए। दुर्घटनास्थलमै राजन र रोजिनको मृत्यु भएको थियो भने अन्य दुई जना गम्भीर घाइते भएको बताइएको छ।

लुइजियाना टेक विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी मामिला कार्यालयले नेपालस्थित परिवारहरूसँग समन्वय गर्दै आवश्यक प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार