कुलिङ पिरियडमा दोषी देखिए कारबाही भोग्न तयार छु : सभापति खतिवडा

मंगलबार, १७ असार २०८२

काठमाडौँ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकमा समावेश ‘कुलिङ पिरियड’मा आफू दोषी ठहर भए कारबाहीको भागीदार हुन तयार रहेको बताएका छन् ।

मंगलबार सभामुखसँग छलफलपछि बाहिरिने क्रममा उनले यत्रो ठुलो गल्ती कानुन बनाउने कुरामा कहीँ नहुने भन्दै यो सांसदमाथिको ठुलो गम्भीर प्रहार भएको बताए ।

उनले भने, ‘सांसदमाथिको ठुलो गम्भीर प्रहार हो । यत्रो ठुलो मिस्टेक कानुन बनाउने कुरामा कहीँ हुँदैन । यसबारे छानबिन गर्नुपर्छ भन्ने पक्षमा छौँ । जनप्रतिनिधिको बदनाम गर्ने काम भएको छ । कहाँ कमजोरी भएको हो, छानबिन गर्छौँ । यदि छानबिन गर्दा मेरो पनि दोष देखियो भने कारबाहीको दायरामा आउँछु । जसको कमजोरी देखिन्छ, त्यसले कारबाही भोग्नुपर्छ, उम्किन पाइन्न ।’

मङ्गलवार समिति बैठकमा माओवादी सांसद द्वय माधव सापकोटा र कल्पना मियाँले समितिले पास गरेको प्रतिवेदनमा ‘बाहेक’ शब्द कसरी थपियो भन्ने विषयमा जवाफ माग गरेका थिए । पछि खतिवडाले भएको कमजोरीको नैतिक जिम्मेवारी लिने बताएका हुन् ।

जबसम्म यस विषयमा छानबिन हुँदैन तबसम्म समितिको बैठक स्थगित गरेको पनि उनले जानकारी दिए । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार