आजको मौसम : चार प्रदेशमा भारी बर्षा हुन सक्ने

शुक्रबार, ०६ भदौ २०८२

काठमाडौं : नेपालमा मनसुन कमजोर अवस्थामा रहे पनि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेकाले देशका विभिन्न स्थानमा वर्षा जारी छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रही बाँकी प्रदेशमा आंशिकदेखि पूर्ण बदली रहने देखिएको छ।

सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा अहिले नै मेघगर्जनसहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहने र तराई भू–भागका एक–दुई स्थानमा समेत मध्यम वर्षा हुने सम्भावना छ। राति भने देशभर बदली हुने र कोशी, मधेश, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा पर्ने देखिएको छ।

विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले चेतावनी दिएको छ। त्यस्तै, कोशी प्रदेशको तराई र पहाडी भू–भागका केही भागमा समेत भारी वर्षा हुने देखिएकाले सर्वसाधारणलाई सतर्क रहन तथा पछिल्लो मौसमी जानकारी लिन अनुरोध गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार