लायन्स वर्ष २०२५ सुरु : इटहरी क्षेत्रका २६ क्लबको संयुक्त रक्तदान

मंगलबार, १७ असार २०८२

इटहरी : लायन्स वर्ष २०२५ आजबाट औपचारिक रूपमा सुरु भएको अवसरमा लायन्स 'डिस्ट्रिक्ट ३२५ सि', ग्याट एरिया ४ अन्तर्गतका २६ क्लबले बृहत् रक्तदान कार्यक्रमसहित विभिन्न सामाजिक कार्य गरी दिवस मनाएका छन्।

एरिया चिफ भोजराज दाहालको नेतृत्वमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा डिस्ट्रिक्ट ३२५ सि का कोषाध्यक्ष नागेश पोख्रेल प्रमुख अतिथि रहेका थिए।

कार्यक्रमलाई थप प्रभावकारी बनाउन ब्लड बैङ्क चिफ नगेन्द्र दाहाल, एरिया कोअर्डिनेटर टन्क फुयाँल, डिस्ट्रिक्ट एडमिनिस्ट्रेटिभ चिफ लोकेन्द्रप्रसाद ढकाल, रिजन चेयरपर्सन, जोन चेयरपर्सन तथा कार्यक्रम संयोजकहरूको  सहभागिता रहेको थियो।

WhatsApp Image 2025-07-01 at 8.56.19 PM

कार्यक्रममा लायन्स क्लब इटहरी सुनसरी, इटहरी पचरुखी, इटहरी लबीपुर, इटहरी प्रोफेसनल, झुम्का, सिटिजन, इटहरी सिटी, तरहरा सुन्दर सिटी, इटहरी ग्रीन सिटी, इटहरी पाथीभरा, इटहरी बीपी चोक र इटहरी मनकामना क्लबको संयुक्त सहभागिता रहेको थियो।

त्यसैगरी अन्य सहभागी क्लबहरूमा इटहरी व्यावसायिक प्रोफेसनल, तरहरा इटहरी, इटहरी तालतलैया, बराहक्षेत्र कालाबन्जार, सप्तकोसी डाइनामिक, रामधुनी, इटहरी कर्पोरेट, एक्टिभ, क्रिएटिभ लेडी, शान्तिनगर, स्मार्ट सिटी, इनोभेसन, सुपरसिटी र पूर्वाञ्चल क्लब रहेका छन्।

कार्यक्रममा सहभागीहरूलाई रक्तदानका साथै निःशुल्क सुगर जाँच सेवा पनि प्रदान गरिएको थियो।

WhatsApp Image 2025-07-01 at 8.56.20 PM

एरिया चिफ भोजराज दाहालका अनुसार लायन्स क्लब अफ इटहरी ग्रीन सिटीले मोरङको सुन्दरहरैचा नगरपालिका स्थित नयाँ वृन्दावन गौशालामा खाद्यान्न वितरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न अध्यक्ष शान्ता कोइरालाले बताए ।

गौशालालाई गाईलाई चोकर किन्न ५ हजार १ सय रुपैयाँ सहयोग स्वरूप हस्तान्तरण गरिएको दाहालले जानकारी दिए।

यसैगरी, लायन्स क्लब अफ इनोभेसनले पनि वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको इटहरी तालतलैता क्षेत्रमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको चेन खतिवडाले बताए ।

WhatsApp Image 2025-07-01 at 8.56.20 PM (1)

 यस्तै लायन्स क्लब अफ स्मार्टसिटि र लियो क्लब अफ स्मार्ट सिटीको आयोजनामा इटहरी ७ स्थित रामजानकी मन्दिर परिसरमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको अध्यक्ष रञ्जना शर्माले बताइन् ।

WhatsApp Image 2025-07-01 at 8.56.22 PM

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार