पत्रकार खेम भण्डारीलाई एक महिना कैद र एक लाख क्षतिपूर्तिको सजाय

विहीबार, ०१ जेठ २०८२

कञ्चनपुर : कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई जिल्ला अदालत कञ्चनपुरले एक महिना कैद र एक लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको छ। अदालतका सूचना अधिकारी राजेन्द्र बहादुर चन्दका अनुसार भण्डारीलाई १० हजार रुपैयाँ जरिवानासमेत गरिएको छ।

 तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा किरणराज विष्टले पत्रकार भण्डारीविरुद्ध गाली बेइज्जतीको अभियोगमा दर्ता गरेका थिए। निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा तथ्यहीन आरोप लगाउँदै आएका भण्डारीले किरणराज विष्टलाई समेत जोडेर समाचार तथा सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए।

विक्रम संवत् २०७५ साल साउन १० गते कञ्चनपुरको उल्टाखाम, महेन्द्रनगरकी १३ वर्षीया निर्मला पन्त बलात्कारपछि हत्या गरिएको घटनाले राष्ट्रिय तहमा निकै चर्चा पाएको थियो। उनको शव साउन ११ गते बिहान घर नजिकैको उखुबारीमा फेला परेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार