अबको दिन माओवादीको हुनेछः प्रचण्ड

विहीबार, ०१ जेठ २०८२

कैलाली : नेकपा माओवादी केन्द्रले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्गको अभियान सुरू गर्ने भएको छ।

सो अभियानको सुरुवात गर्न बैतडीको पाटन जान लागेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको चुरे गाउँपालिका, सहजपुरमा स्थानीय बासिन्दासँग भेटघाट गरेका छन् र उनीहरूबाट ज्ञापनपत्र पनि बुझेका छन्।

भेटघाटको क्रममा स्थानीयहरूले उठाएका प्रमुख समस्या खानेपानी र सिँचाइ रहेको उल्लेख गर्दै, अध्यक्ष प्रचण्डले ती समस्याको समाधान गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको जनाए।

उनले माओवादी पार्टीप्रति जनताको आकर्षण अझै बढिरहेको दाबी गर्दै भने, “तराईको अभियानले माओवादीप्रति जनतामा एउटा नयाँ उभार आएको छ। अबका दिन माओवादी र जनताको दिन समग्रमा हाम्रो हुनेछ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार