सगरमाथा आरोहण गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा

विहीबार, ०१ जेठ २०८२
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेका छन्। उनले सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट आवश्यक अनुमति लिएको विभागका निर्देशक हिमाल गौतमले जानकारी दिएका छन्।

हाल वसन्त ऋतुको सगरमाथा आरोहण सत्र चलिरहेको छ, जसमा महामन्त्री शर्माले सहभागिता जनाएका हुन्। आरोहण कम्पनीका अनुसार हालसम्म ५० भन्दा बढी आरोहीहरूले सगरमाथाको सफल आरोहण गरिसकेका छन् भने आज राति थप आरोहीहरू चुचुरो चुम्ने तयारीमा छन्।

पर्यटन विभागको तथ्याङ्क अनुसार यस वसन्त सिजनमा ४५ आरोही समूहका ४५८ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन्। सगरमाथासहित २७ हिमालका लागि हालसम्म १२४ समूहका कूल १,१४० जनाले अनुमति प्राप्त गरिसकेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार