नागढुंगामा ड्युटीमै प्रहरी जवान कुटिएपछि.....

बुधबार, ३१ बैशाख २०८२
सांकेतिक फाईल

काठमाडौं : राजधानीको प्रवेशद्वार नागढुंगामा ट्राफिक प्रहरीका एक इन्स्पेक्टरले जनपद प्रहरीका जवानलाई चड्कन हानेको घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी संगठनमै हलचल मच्चिएको छ।

भिडिओमा एक ट्राफिक इन्स्पेक्टरले ड्युटीमा रहेका जनपद प्रहरी जवानलाई गालामा प्रहार गर्दै कुटपिट गरिरहेको दृश्य देखिन्छ। सो भिडिओको समय र कारण अहिले सम्म स्पष्ट नभए पनि घटनाको पुष्टि भएसँगै प्रहरी प्रशासनले आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको छ।

प्रहरीका अनुसार कुट्ने र कुटाइ खाने दुबैजना अहिले पनि नागढुंगामै कार्यरत छन्। भिडिओको मिति यकिन नभए पनि हालसालै खिचिएको अनुमान गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार