दुर्गा प्रसाईं जस्ता शक्तिहरु एक ठाउँमा आउनुपर्छः कमल थापा

सोमबार, १७ मंसिर २०८१
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको समयको माग एकता रहेको बताएका छन् । सोमबार ‘नेपालको राजनीतिमा विदेशी हस्तक्षेप’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त तुल्याउनको निम्ति एकता हुन आवश्यक रहेको बताएका हुन् । उनले भने, ‘एकताको सत्यता नै आत्मीयता हो । अहिलेको समयको माग एकता हो । एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक सत्य आउन जरुरी छ । जनतालाई दिनैपर्छ हामीले । त्यो दिनको निमित्त मन, बचन, कर्मले तयार हुनुपर्छ । कुनै किसिमको स्वार्थ, सर्त र चाहना म बाट छैन । मात्र हामीले भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त तुल्याउनको निम्ति एकता गर्नुपर्ने अवस्था छ ।’ साथै उनले दुर्गा प्रसाईँ लगायतका सबै शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताए । उनले हिन्दु राष्ट्र र राजसंस्था स्थापना गर्न चाहने तथा भ्रष्टाचार नियन्त्रण गरेर सुशासनको माध्यमबाट सबल र समृद्ध नेपाल निर्माण गर्न चाहने सबैलाई एकताबद्ध हुन आग्रह गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार