तालाबन्दीका कारण मोरङका तीन कलेजमा स्ववियु निर्वाचन अनिश्चित

शनिबार, ०४ चैत्र २०७९
 मोरङ । स्वबियु निर्बाचनको संघारमा तालाबन्दी सहित बिद्यार्थी संगठनबिचको बिवादका कारण मोरङका तीन क्याम्पसमा निर्वाचन अनिश्चित भएको छ । कोशी प्रदेशका ठुला ३ क्याम्पसहरु सुकुना बहुमुखी,महेन्द्र मोरङ आदर्श बहुमुखी र नर्सिङ क्याम्पसमा चुनाव अनिश्चित बनेको छ । नेपल विद्यार्थी संघ र अनेरास्ववियूले तालाबन्दी गरेपछि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र विराटनगर नर्सिङ क्याम्वसको स्ववियु निर्वाचन अनिश्चित भएको हो । भोलि चैत ५ गते आइतबार स्ववियु निर्वाचन हुने कार्यतालिका छ । तीनै कलेजले निर्वाचनको सबै तयारी गरेका थिए । तर शुक्रबार बेलुका नर्सिङ कलेजमा नेपाल विद्यार्थी संघ र शनिबार महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेपछि निर्वाचन अनिश्चित भएको हो । दुवै संघगठनले निर्वाचन रोक्ने उद्धेश्यले तालाबन्दी गरेको विद्यार्थीहरुको गुनासो छ । अखिल मोरङका अध्यक्ष तुलसी घिमिरेले सम्बोधन हुने माग राखेर क्याम्पसमा तालाबन्दी गरिएको बताए । निर्वाचनको सबै तयारी भइसेको अवस्थामा तालाबन्दी भएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुख बाबुराम तिम्सिनाले बताए । विद्यार्थीको चुनाव भएकाले क्याम्पस प्रशासनले सहजीकरण गर्न सक्ने बताउँदै उनले सहमति नभए जोखिम लिएर निर्वाचन नगर्ने बताए । महेन्द्र मोरङ कलेजमा हारको मानसिकताले अनेरास्ववियूले तालाबन्दी गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अभिमन्यु यादवले बताए । महेन्द्र मोरङको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघबाट जसवन्त पौडेल, अनेरास्ववियूबाट नविन पहाडी र अखिल क्रान्तिकारीबाट रोहित यादव उम्मेदवार छन् । सुन्दरहरैचास्थित विराटचोकमा रहेको सुकुना बहुमुखी क्याम्पसमा स्वबियु निर्बाचन अनिश्चित बनेको छ । यसअघि एमाले निकट अनेरास्ववियुले तालाबन्दी गर्नुका साथै स्वबियु निर्बाचन रोक्न उच्च अदालत बिराटनगरमा मुद्धा दर्ता गराएको थियो । उच्च अदालतले शुक्रबार चुनाव गराउन आदेश दिएको थियो । एमाले निकट अनेरास्वबियु र बाम गठबन्धनका तर्फबाट बनेको संयुत्त प्यानलका बिच चुनावका बिषयलाई लिएर भएको विवाद बढदै जाँदा स्वबियु निर्बाचन अनिश्चित बनेको छ । सुकुनामा ६ गतेका लागि चुनाव गर्ने बताईएपनि चुनाव हुने सम्भावना कम रहेको बिद्यार्थी नेताहरु बताउँछन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार