काठमाडौं : साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ।
मंगलबारको तुलनामा बुधबार (आज) सुन तोलामा एक सय रुपैयाँ बढ्दा चाँदी तोलाको २० रुपैयाँले बढेको नेपाल सुनचाादी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुन तोलाको एक लाख ५० हजार चार सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदी २० रुपैयाँले घटेर तोलामा एक हजार आठ सय ६५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी तोलाको एक हजार आठ सय ४५ रुपैयाँ थियो।
प्रतिक्रिया