सोलुमा भीरबाट लडेर युवकको मृत्यु

आइतबार, ०५ चैत्र २०७९
इटहरी । भीरबाट लडेर संखुवासभाको माप्यदूधकोसी गाउँपालिका–३ खास्तापका ३५ वर्षीय अमृत राईको मृत्यु भएको छ। कसैलाई जानकारी नगराई शुक्रबार घरबाट निस्किएका राईको शव आज खास्तापकै चेम्सी खोलामा फेला परेको हो। भीरबाट लडेका राईको शव करिब एक सय ५० मिटर तल चेम्सी खोलामा स्थानीयले फेला पारेका थिए। मृतक मानसिकरूपमा अस्वस्थ रहेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार