रवि लामिछानेलाई भेट्न कास्की प्रहरीको हिरासतमा पुगे बाबुराम भट्टराई

शुक्रबार, २१ मंसिर २०८१
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई कास्की पुगेका छन् । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई भेट्न कास्की पुगेका हुन् । भट्टराई शुक्रवार बिहान पुर्वगृहमन्त्रीसहित रहेका रविलाई भेट्न कास्की प्रहरीको हिरासतमा पुगेका हुन् । सहकारी रकम अपचलन मुद्दामा रवि कात्तिक ३ देखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई बयानका लागि रुपन्देही, काठमाडौं र चितवन पनि लगिएको थियो । लामिछानेलाई बुधबार मध्यरातमा चितवनबाट कास्की ल्याइएको भन्दै प्रहरीको आलोचना भइरहेको छ । हिरासतमा लामिछानेको अवस्थाबारे जानकारी लिन पूर्वप्रधानमन्त्री भट्टराई कास्की पुगेको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार