काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा चितवनले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १३० रन बनाएको हो ।
चितवनका लागि रवि बोपाराले अविजित ५९ रन बनाए । उनले ३५ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे ।
कप्तान कुशल मल्लले २३, विपिन रावलले ११, जान निकोल लोफ्टी–इटन ९ , दीपक बोहरा ८ र लुक बेन्केनस्टाइन भने शून्यमा आउट भए । शरद भेषावकर ६ रनमा अविजित रहे ।
कर्णालीका लागि विपिन शर्माले ३, जिशान मक्सुदले २ तथा नन्दन यादव, र कप्तान सोमपाल कामीले १–१ विकेट लिए । टस जितेर कर्णालीले पहिले बलिङ रोजेको हो ।
प्रतिक्रिया