धरान आएर गृहमन्त्री रमेश लेखकले भने - 'प्रेस स्वतन्त्रतामा हामी गम्भीर रहन्छौ'

शुक्रबार, २१ मंसिर २०८१
धरान । धरानका मेयर हर्क साम्पाङले पत्रकारहरूमाथि धम्की दिएपछि नेपाल पत्रकार महासङ्घ सुनसरीले शुक्रवार गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र बुझाएको छ । गृहमन्त्री लेखक धरान आएको अवसरमा पत्रकार महासंघ सुनसरीले ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझ्दै गृह मन्त्री लेखकले लोकतन्त्रमा प्रेस पूर्ण रूपले स्वतन्त्र हुनु पर्ने बताएका छन् । ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री लेखकले लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक रहेको बताए । `लोकतन्त्र छ भने स्वतन्त्र प्रेस रहन्छ स्वतन्त्र प्रेस छ भने लोकतन्त्र रहन्छ। त्यस कारण प्रेसको स्वतन्त्रतामा हामी गम्भीर रहन्छौँ´ उनले भने । धरानका मेयर हर्क साम्पाङले पत्रकार महासघंका केन्द्रीय पार्षद पत्रकार गोपाल दाहाल र पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईलाई सामाजिक सञ्जालमार्फत धम्की दिएका थिए ।

यो पनि-धरानका मेयर हर्क साम्पाङले ‘खोज पत्रकारिताको अन्त्य गरिदिन्छु’ भन्दै पत्रकारलाई दिए धम्की

यो पनि- धरानका मेयरले भने – ‘म चेञ्ज हुन्न, यही हो हर्कपथ’

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार