धरान : नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस पार्टीमा विरोध गर्न पाइने बताएका छन् ।
शुक्रवार नेपाली काङ्ग्रेस धरान उपमहानगर समितिको आयोजनामा गिरिराज आचार्यद्वारा लिखित पुस्तक विमोचन तथा पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि रहेका देउवाले काङ्ग्रेस पार्टी लोकतान्त्रिक पार्टी रहेकोले बोल्न र विरोध गर्न पाइने बताए ।
कार्यक्रममा सुनसरीका अग्रज नेता, लेखक तथा साहित्यकार गिरीराज आचार्यद्वारा लिखित 'बिपी कोइरालाका साहित्यिक विचारहरू' नामक पुस्तक पुर्वप्रधानमन्त्री देउवा, गृहमन्त्री रमेश लेखक, मन्त्री तथा पार्टीको केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्की लगायतले विमोचन गरेका थिए ।
नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको संस्थापक तथा पार्टीको अग्रज नेता बिपी कोइरालाको पुस्तक विमोचन गर्न पाउँदा एकदमै खुसी भएको व्यक्त गरे ।
उक्त पुस्तक आम पार्टीका नेता तथा कार्यकर्ताका लागि मार्गदर्शन बन्ने पूर्व प्रधानमन्त्री देउवाले बताए । यो पुस्तक काँग्रेसका लागि मात्र नभई समग्र पार्टी तथा आम मानिसको लागी पनि प्रेरणाको स्रोत हुने गृहमन्त्री लेखकले बताए ।
बिपीका साहित्यिक चिन्तनको पुस्तकमा वीपीका असङ्ख्य अन्तरवार्ताहरूलाई समेटेर विषय छुटाइ एकै ठाउँमा दिनु ठुलो मेहनत भएकोले पुस्तक धेरै काम लाग्ने र उपयोगी भएको उल्लेख गर्दै मन्त्रीसन्त्री तथा केन्द्रीय सदस्य कार्कीले थप सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा “गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार” वरिष्ठ पत्रकार हर्ष सुब्बा र पत्रकार विनय प्रधानलाई देउवाले सम्मान पत्र तथा पत्रकारिता पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसको सहमहामन्त्री भिस्मा आङदाम्बे, पूर्व मन्त्री प्रकाश सरण महत, मन्त्रीसन्त्री तथा केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्यहरू डिला सङ्ग्रौला, राजीव कोइराला, राजीव ढुङ्गाना, लक्ष्मी खतिवडा, धरान उपमहानगरपालिकाको पूर्व नगर प्रमुख तिलक राई, वराहक्षेत्र नगरपालिकाको नगर प्रमुख रमेश कार्की लगायत पार्टीको सबै नेताहरूको सहभागी रहेको थियो ।
प्रतिक्रिया