विजय र्‍यालीका बिच दुहबीमा कांग्रेस र एमाले कार्यकर्ताबिच झडप

बुधबार, १४ मंसिर २०७९
सुनसरी क्षेत्र नं ३ नपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ता बिच झडप भएको छ । उक्त क्षेत्रबाट निर्वाचित नेकपा एमालेकी भगवती चौधरीको विजय जुलुसमाथि दुहबीमा कांग्रेसका कार्यकर्ताहरूले ढुंगामुढा गरेपछि तनाव उत्पन्न भएको हो । विजय जुलुसका क्रममा एक्कासी कांग्रेस कार्यकर्ताहरुबाट ढुंगामुढा प्रहार हुन थालेपछि दुवै पक्षबीच झडप भएको हो । विजयी जुलुसको क्रममा विवाद उत्पान्न भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् । झडपमा केही व्यक्ति सामान्य घाइते भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनले दुहबीमा अहिले कुनै तनाव नभएको र स्थिति नियन्त्रणमा आइसकेको बताएका छन् । सुनसरी ३ मा कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार