इलाम गोल्डकप : न्यूरोड सेमिफाइनलमा

आइतबार, २३ मंसिर २०८१
इलाम : इलाम सदरमुकामस्थित टुँडिखेलमा जारी ‘दोस्रो इलाम गोल्ड कप’मा डिफेन्डिङ च्याम्पियन न्यूरोड काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार जिटिए ११ दार्जिलिङलाई २–१ गोल अन्तरले न्यूरोड सेमिफाइनल प्रवेश गरेको हो । खेलको ३७ मिनेटमा न्यूरोडका अभिषेक लिम्बूले डिबक्सभित्र फल्ड गरेपछि पेनाल्टीमार्फत दार्जिलिङले खेलमा अग्रता लिएको थियो । तर, खेलको ४२ मिनेटमा न्यूरोडका नेमारले गोल गर्दे खेललाई बराबरी बनाए । खेलको ८४ औ मिनेटमा न्यूरोडका मार्टिनले गोल गर्दे टिमलाई अग्रता दिलाए । मार्टिनको गोल नै न्यूरोडका लागि सेमिफाइनलको यात्रा तय भयो । मध्यान्तरपछि खेल सुधार गर्दै आएको दार्जिलिङले ४९ औ मिनेटमा अनिमेष गुरुङले अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । ५१ औ मिनेटमा डिबक्सभित्र सन्दीप र देवशिष राई चुके । ५४ औँ मिनेटमा देवशिषको पासमा सन्दीपले पाएको अवसर खेर गयो । ५७ औँ मिनेटमा देवशिषले गरेको प्रहार गोल पोस्टमा परेन । ६१ औँ मिनेटमा अनिमेष गुरुङको उत्कृष्ट प्रहार न्यूरोडका डिफेन्डर आशिष गुरुङले हेडमार्फत जोगाए । ७५ औँ मिनेटमा पाएको अवसर सन्दीपले प्रहार गर्न खोज्दा आफ्नै खुट्टाबाट बाहिर पुग्यो । ८३ औँ मिनेटमा अनिमेषको पासबाट पाएको अवसर आशिष देवानले सदुपयोग गर्न नसकेपछि जिटिए दार्जिलिङ पहिलो खेलबाटै घर फर्कियो । खेलको म्यान अफ द म्याज न्यूरोडका मिडफिल्डर जय गुरुङ घोषित भए । सोमबार विभागीय टिम आर्मी र चर्ज ब्वाईज काठमाडौँबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिता २९ सम्म सञ्चालन हुनेछ । गोल्डकपमा डिफेन्डिङ च्याम्पियन न्यूरोड टिम, सङ्कटा क्लब, त्रिभुवन आर्मी, चर्च ब्वाइज, झापाको रेड स्टार, मछिन्द्र, दार्जिलिङको जिटिए र आयोजक रेड हर्ष सहभागी भएको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार