निषेधित क्षेत्र तोड्दै प्रदर्शन गरेपछि विराटनगरमा तनाव

आइतबार, ०५ चैत्र २०७९
विराटनगर । प्रदेशको नामकरणको विरोधमा प्रदर्शन गरिरहेका पहिचानवादी संगठनका प्रतिनिधि र प्रहरीबीच विराटनगरमा झडप भइरहेको छ । मोरङ जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा अवज्ञा गर्दै निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । प्रदर्शनकारीहरु मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयतिर अघि बढ्दै गएपछि प्रहरीले रोकेको थियो । त्यसक्रममा प्रदर्शनकारीले मुख्यमन्त्रीविरुद्ध चर्का नाराबाजी गरेका छन् । उनीहरुले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुतला पनि दहन गरेका छन् । विरोधमा उत्रिएकाहरुले नेकपा एमालेविरुद्ध पनि नाराबाजी गरिरहेका छन् । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको छ । प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिको अगुवाईमा प्रदर्शन भइरहेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार