प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ ।
निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका थिए । प्रारम्भिक विवरणमा ६१ प्रतिशत ९एक करोड नौ लाख ७३ हजार २७० मत खसेकामा अब करिब नौ लाख मतगणना बाँकी रहेको देखिएको छ ।
निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अग्रता लिइरहेको छ । हालसम्म उक्त दलले २७ लाख एक हजार ७२ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २५ लाख ५९ हजार एक सय ७१ मतसहित दोस्रो स्थानमा रहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले ११ लाख ४५ हजार चार सय ४२, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार छ सय ६३, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७१ हजार एक सय ७५, जनता समाजवादी पार्टी नेपालले तीन लाख ९६ हजार आठ सय ३९ र जनमत पार्टीले तीन लाख ६० हजार छ सय ६९ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया