निषेधित क्षेत्रमा प्रवेश गरेपछि चारजना पक्राउ

आइतबार, ०५ चैत्र २०७९
विराटनगर । प्रदेश नामकरणको विरोधभा विराटनगरमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय नजिकै प्रदर्शन गर्नेमध्ये चारजनालाई प्रहरीले पक्राउ गरेको हो । निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदर्शन चर्किएपछि भीड नियन्त्रण गर्न प्रहरीले एक दर्जन अश्रुग्यास र तीन राउन्ड हवाई फायर गरेको छ । प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको कोशी नामकरण गरेको थियो । त्यसको विरोध गर्दै आएका पहिचानवादी संगठनका प्रतिनिधिहरुले आइतबार प्रदर्शन गरेका हुन् । पहिचानको आधारमा प्रदेशको नाम राखिनुपर्ने माग उनीहरुले अघि सार्दै आएका छन् । विरोध प्रदर्शनलाई ख्याल गर्दै मोरङ प्रशासनले विराटनगरका विभिन्न पाँच स्थानमा प्रदर्शन, विरोध, धर्ना, जुलुस गर्न नपाउने गरी हिजो निषेधाज्ञा जारी गरेको थियो । प्रदर्शनकारीले विभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए । उनीहरुले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुतला दहन पनि गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार