सरकारमा भएका नेताहरू बिचौलिया र दलालहरूको हातमा छन् : प्रचण्ड

सोमबार, २४ मंसिर २०८१
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस र एमालेको हातमा अहिले राजनीति नभएर राजनीति बिचौलिया र दलालहरूको हातमा रहेको आरोप लगाएका छन् ।
सोमबार राष्ट्रिय कर्मचारी महासङ्घको स्थापना दिवसलाई सम्बोधन गर्दै उनले सरकारमा रहेका नेताहरू बिचौलियाको भूमिकामा रहेको आरोप लगाए ।
उनले रातको अँध्यारोमा आ–आफ्नो घर घुमाएर, उठबस गराएर, हामीले भनेको माने यहाँ राख्छौँ, नत्र राख्दैनौँ भन्ने जसो गर्दै मुखौटाका रूपमा नेताहरूले काम गरिरहेको आरोप लगाएका हुन् ।
उनले भने, ‘सरकारमा रहेका राजनीतिक दलका नेताहरूको हातमा राजनीति छैन । उनीहरूको राजनीति बिचौलिया र दलालहरूको को हातमा छ भन्ने कुरा प्रस्ट देखिएको छ । उनीहरू त खाली मुखौटा मात्रै हुन्, बिचौलियाहरूले घुमाएर बिचौलियाहरूले रातको अँध्यारोमा आ–आफ्नो घर घुमाएर, नेताहरूलाई उठबस गराएर, हामीले भनेको माने यहाँ राख्छौँ नत्र राख्दैनौँ भनेर गरिएका मुखौटाहरू भन्दा बाहेक केही पनि देखिएन ।’
उनले दलाल बिचौलियाहरूले आफ्नो सङ्ख्याको तागत देखाएको भन्दै अब आफूहरूले जनताको तागत फेरि एकचोटी देखाउनुपर्ने अवस्था आएको बताए ।
उनले भने,‘सरकार छाड्दै गर्दा जनताप्रति र राष्ट्रप्रतिको निष्ठा, विश्वाससहित आफूले गरेको विगतका केही कमीहरूको पनि आत्म समीक्षा ग¥यौं । दलाल बिचौलियाहरूले त आफ्नो सङ्ख्याको तागत देखाए अब हामीले जनताको तागत एकचोटी देखाउनुपर्ने भयो ।’
अध्यक्ष दाहालले उपनिर्वाचनमा पालिकातिरको मत जोड्दा माओवादी सिधै एक नम्बर भएको तर एक नम्बर भन्न बल नआएको दाबी गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार