रौतहट : रौतहटमा आज दर्शनार्थी चढेको स्कार्पियो दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भएको छ ।
बाराको महागढिमाई नगरपालिकामा लागेको पञ्चवर्षीय गढिमाइ मेला हेरेर सिरहा फर्किन लागेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो रौतहटको चन्द्रपुर नगरपालिका –४ पूर्वपश्चिम राजमार्ग स्थित धन्सर पुल नजिकैको जंगलमा रुखमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा मृत्यु हुने र घाइते सबै यात्रु सिरहाकै छन् ।
दुर्घटनामा मृत्यु हुनेहरूमा सिरहाको अर्नामा गाउँपालिका –३ बंठियाटोलका ६० वर्षिया लरुवती देवी महरा, सोही टोलका ३० वर्षिया उर्मिला महरा, ५० वर्षिया रामकुमारी महरा, ५५ वर्षिया महंगी देवी महरा, ६२ वर्षिया फुलमन्ती देवी चमार, ६० वर्षिया रामकुमारी देवी महरा, ३० वर्षिया सकुन्तला देवी महरा छन । त्यस्तै गाडी चालक सिरहाकै अर्नामा गाउँपालिका –५ बलुवाटोल घर भएका ४० वर्षिय श्रीकुमार यादवको पनि मृत्यु भएको छ ।
त्यस्तै दुर्घटनामा परेर सिरहाको अर्नामा गाउँपालिका –३ का उमेश रामको श्रीमति ३० वर्षिया राधा राम, उमेश रामकै छोरा २ वर्षका आर्यन राम, सोही ठाउँका गणेश रामको २५ वर्षिया श्रीमति देव कुमारी महरा, गणेशको छोरा ७ वर्षका रितिक महरा र ६० वर्षिया कन्या देवी महरा घाइते भएको प्रहारीले जनाएको छ ।
घाइते भएका मध्ये चार जनाको अवस्था सामान्य रहेको छ भने गम्भीर घाइते भएकी कन्या देवी महरालाई बयोधा अस्पताल विरगंज रेफर गरिएको छ ।
प्रतिक्रिया