स्वबियु निर्बाचन,कोशी प्रदेशका कुन जिल्लाकोे कुन क्याम्पसमा को बिजयी ?

आइतबार, ०५ चैत्र २०७९
मोरङ । आईतबार सम्पन्न स्वबियु निर्बाचन अन्र्तगत कोशी प्रदेशका बिभिन्न जिल्लामा रहेका क्याम्पसहरुको परिणाम सार्बजनिक भएको छ । मोरङको लेटाङ क्याम्पसमा एमाले निकटअनेरास्ववियुको प्यानलै विजयी भएको छ । निर्वाचनमा सभापतिका उम्मेदवार छवि श्रेष्ठ सचिवमा पुजेश अधिकारी र कोषाध्यक्षमा पनि अनेरास्ववियुका सागर पौडेल विजयी भएका छन् । केराबारीको खदम क्याम्पसमा एमाले निकट अनेरास्ववियुले कुनै उमेद्धारी नदिएपछि अखिल क्रान्तिकारीको प्यानललै विजयी भएको छ । अखिल क्रान्तिकारीका सिमान्त लुइँटेलको प्यानल निर्विरोध निर्वाचित भएको हो । शनिबार भएको मनोनयनमा लुईटेल नेतृत्वको प्यानलले मात्रै उम्मेद्वारी दर्ता गरेपछि उनी निर्विरोध निर्वाचित भएको हो । क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारी र काँग्रेस निकट नेविसंघबीच गठबन्धन भएपछि अन्य संगठनले भने उम्मेद्वारी नै दर्ता गरेनन् । रमाईलो बहुमुखी क्याम्पस कानेपोखरीमा एमाले निकट अनेरास्वबियुको तर्फबाट सभापतिमा मालती रेग्मी सहित प्यानल नै बिजयी भएको छ । बेलबारी बहुमुखी क्याम्पसमा यसअघि नै संयुत्त बाम गठबन्धनका तर्फबाट सियोम सुवेदी सर्बसम्मत सभापतिमा चयन भईसकेका छन । सुकुना बहुमुखी क्याम्पसमा भने भोलि सोमबार निर्बाचनको मिति तोकिएको छ । सुनसरीको धरानस्थित पुर्वान्चल इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी सङ्घका नवीन श्रेष्ठ विजयी भएका छन् । इलेक्ट्रोनिक भोटिङ मेसिन बाट भएको मतदानको अन्तिम परिणाम अनुसार श्रेष्ठ विजयी भएका हुन् । कूल १ हजार ८१८ मत मध्ये श्रेष्ठको पक्षमा ७८४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी अखिल (क्रान्तिकारी) का मन्दीप अधिकारीले ५५२ मत प्राप्त गरे । अनेरास्ववियुको तर्फबाट उम्मेदवार बनेका अशेष रेग्मीले ३७० र राप्रविसंघका आभास अधिकारी ९४ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ । इन्जिनियरिङ क्याम्पसमा नेबिसंघले समाजवादी विद्यार्थी युनियन सँग तालमेल गरेको थियो । उता तेह्रथुम बहुमुखी क्याम्पस चुहानडाँडामा ताराप्रसाद दाहालको नेतृत्वमा नेविसंघको प्यानल नै विजय भएको छ । अन्य क्याम्पसहरुको मतपरिणाम सार्बजनिक भईरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार