काठमाडौँ : कलाकार हिक्मत महराको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ ।
कमेडी च्याम्पियन सिजन २ मा सहभागी भई चर्चामा आएका महराको कैलालीको गोदावरीमा भएको दुर्घटनामा परी मृत्यु भएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
उनी सवार म २ प ९११७ नम्बरको मोटरसाइकल गोदावरी मन्दिर जाने बाटो नजिक मंगलबार साँझ दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो । उनको उपचारको क्रममा क्रममा निधन भएको हो।
महरा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का स्थायी बासिन्दा थिए । तर हाल गोदावरी–४ मा बस्दै आएका थिए।
दुर्घटनामा उनको निधन भएपछि कलाकारहरूले शोक व्यक्त गरेका छन् ।
प्रतिक्रिया