इटहरीको जनता क्याम्पसमा किन मत कम खस्यो ?

आइतबार, ०५ चैत्र २०७९
  इटहरी  । इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ४२ प्रतिशत हाराहारी मात्रै मत खसेको छ । कुल पाचँ हजार ७७८ विद्यार्थी संङ्या रहेको क्याम्पसमा दुई हजार ४२४ अर्थात् ४१.९५ मत खसेको हो । निर्वाचन समितिका सहसंयोजक राजन भट्टराईले भोलि (सोमबार) बिहान ९ः३० मा सर्बपक्षीय बैठक गरेर मात्रै मत गणना सुरु गर्ने बताए । उनले चार ठाउँमा मतगणना गर्ने भएकाले भोलि नै मतपरिणाम आउने समेत बताए । विद्यार्थीको आकर्षणको केन्द्र मानिएको जनता क्याम्पसमा कम मत कसरी खस्यो भन्ने सबैको कौतुहलताको विषय बनेको छ । यस विषयमा क्याम्पस प्रमुख डाक्टर गिता अधिकारी वार्षिक परीक्षा आउन तागेकाले विद्यार्थी परीक्षाको तयारीमा लागेको बताउँछिन् । स्नातक तह पहिलो वर्षमा धेरै विद्यार्थि हुने भएपनि पुरानो पहिलो वर्षको परिक्षा केही दिनमा सुरु भएकाले विद्यार्थी चुनावमा सहभागि नभएको हुन सक्ने उनको भनाई छ । यस्तै चैत्र १३ गतेबाट स्नातक तह चौथो वर्षको पनि परीक्षा सुरु भएकाले विद्यार्थीले चुनाव भन्दा पढाईमा ज्ञान दिएको उनको दाबी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार