किसानलाई हाते ट्याक्टर दिइयो

सोमबार, ०६ चैत्र २०७९
इलाम । कृषिकर्म गर्न सहज होस् भनेर इलाम नगरपालिका ९ का किसानलाई हाते ट्याक्टर दिइएको छ । इलाम नगरपालिका ९ वडाले द्वारा विभिन्न छवटा कृषक समूहलाई हाते ट्याक्टर दिएको हो । इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्का र वडाध्यक्ष गोपाल चौहानले किसानाई हाते ट्याक्टर हस्तान्तरण गरे । काम गर्न सजिलो होस भनेर समूह मार्फत ट्याक्टर वितरण गरिएको वडाध्यक्ष चौहानले बताए । ट्याक्टर खरिद गर्नका लागि कृषि कार्यक्रम अन्तर्गत वडाले बजेट छुट्याएको थियो । १३ लाख कृषि कार्यक्रम अन्तर्गत वडाभित्रका विभिन्न २० जना किसानलाई गाई खरिद गर्न वडाले सहयोग गरेको छ । किसानको ५० प्रतिशत लगानीमा गाईपालनमा सहयोग गरिएको हो । वडाबासीलाई मकैको विउ र विभिन्न महँगो तरकारी बालीका बीउ शत प्रतिशत अनुदानमा वितरण गरिएको चौहानले जानकारी दिए । उनले स्थानिय सरकारले स्थानिय जनताको माग अनुसार जिवन चलाउन सहयोग गर्नुपर्ने भएकाले पनि आफ्हरुले् यस्तो कार्यक्रम ल्याइएको बताए । वडाले यस वर्ष किसान लक्षित कार्यक्रम गर्न सुरु गरेको र आगामी वर्ष समेत किसानमो माग अनुसारका कार्यक्रम सञ्चालन गरिने वडाध्यक्ष चौहानको भनाई छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार