मोरङ, इलाम र खोटाङमा तीनजनाको मृत्यु

मंगलबार, ०७ चैत्र २०७९
विराटनगर । मोरङ, इलाम र खोटाङका फरक फरक स्थानमा तीनजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका ९ महावीर रोडमा बेवारिस अवस्थामा भेटिएका बुढीगंगा २ टंकीसिनवारीका ४१ वर्षीय रियान बैठाको मृत्यु भएको छ । बिरामी भएर सडकछेउ सुतिरहेको अवस्थामा भेटिएका उनलाई स्थानीयले कोशी अस्पताल पठाएका थिए । उपचारका क्रममा उनको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, इलामको सूर्योदय नगरपालिका ३ का ४८ वर्षीय देउकुमार राई घरभन्दा करिब ५ सय मिटर पर रहेको खोल्सी बाटोमा मृत अवस्थामा फेला परेका छन् । उता, खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका ३ को कच्ची सडकमा अचेल फेला परेका ५५ वर्षीय अजम्बरशेर राईको मृत्यु भएको छ । अस्पताल लैजाने तयारी गर्दागर्दै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार