लैङ्गिकताको मुद्दामा पुरुषहरूको समान सहभागिता ‘वाउ फेस्टिभल’को मुख्य सन्देश : उपप्रमुख डङ्गोल

शुक्रबार, ०५ पुस २०८१
काठमाडौँ । काठमाडौँमा महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले लैङ्गिकताका मुद्दामा पुरुषहरूको समान सहभागिता हुनु ‘वाउ फेस्टिभल’को मुख्य सन्देश भएको बताएकी छिन् । मङ्सिर ८ र ९ गते काठमाडौँको नन्दी केशर बगैँचामा आयोजना भएको फेस्टिभलको समीक्षा गर्दै आज उपप्रमुख डङ्गोलले लैङ्गिमैत्री समाज निर्माण गर्न आपसी ज्ञान, सिप, अनुभव, भोगाइ र सिकाइका कोणबाट महोत्सव उत्कृष्ट रहेको बताइन् । उनले भनिन्,‘लैङ्गिकताका मुद्दामा पुरुषहरूको समान सहभागिता हुनु ‘वाउ फेस्टिभल’को मुख्य सन्देश हो । लैङ्गिमैत्री समाज निर्माण गर्न आपसी ज्ञान, सिप, अनुभव, भोगाइ र सिकाइका कोणबाट महोत्सव उत्कृष्ट रह्यो । महानगरपालिकाले प्रवर्धन गरेको एक वडा एक नमुना उद्यम कार्यक्रमबाट सहभागीहरूले १ लाख ३० हजार रुपैयाँसम्मको व्यापार गरेको खबर पाएँ । महिला उद्यमशीलता र आत्मनिर्भरताका दृष्टिले यो ठुलो उपलब्धि हो ।’

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार