काठमाडौं : नेपाल सरकारले विभिन्न २६ ओटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएसँगै जापानी कम्पनी राकुटेनको भाइबर मेसेन्जर नेपाली प्रयोगकर्ताबीच सबैभन्दा बढी प्रयोग हुने एपमा उक्लिएको छ।
गुगल प्ले स्टोरको पछिल्लो टप चार्टअनुसार, प्रतिबन्ध अघि ८९औँ स्थानमा रहेको भाइबर २४ घण्टामै पहिलो नम्बरमा पुगेको हो। यस क्रममा भाइबरले ८८ वटा एपलाई पछि पारेको छ।
भाइबरपछि क्रमशः च्याटजीपीटी, इमो, ह्वाट्सएप, कल एप र क्यापकट शीर्ष स्थानमा रहेका छन्। प्रतिबन्धबाट जोगिएको टिकटक भने हाल सातौँ स्थानमा रहेको छ।
प्रतिबन्ध लगाइनु अघि अर्थात् २४ घण्टाअघि भने प्ले स्टोरको टप चार्टमा च्याटजीपीटी पहिलो, ह्वाट्सएप दोस्रो, क्यापकट तेस्रो, टिकटक चौथो, टिकटक लाइट पाँचौँ, याङ्गो छैटौँ, शेयरइट सातौँ र अलिएक्सप्रेस आठौँ स्थानमा थिए।
यसरी हेर्दा पछिल्लो २४ घण्टामा च्याटजीपीटी १ स्थान पछि, ह्वाट्सएप २ स्थान पछि, क्यापकट र टिकटक समान ३ स्थानपछि धकेलिएका छन्।
प्रतिक्रिया