चुहारको पक्की पुल सात महिनाभित्र बनिसक्ने

मंगलबार, ०७ चैत्र २०७९
भोजपुर । भोजपुरलाई तराईसँग सबैभन्दा छिटो जोड्ने दक्षिणी नाका चुहारको पक्की पुल सात महिनाभित्र बनिसक्ने भएको छ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईको पहलमा यातायात पूर्वाधार निर्देशनालयको कार्यालय इटहरीमा भएको सर्वपक्षीय वैठकले यस्तो निर्णय गरेको हो । बैठकमा निर्माण कम्पनी कालिका प्यासिफिक जेभीका आधिकारिक प्रतिनिधि ठाकुरप्रसाद कँडेल पनि उपस्थित थिए । पुल निर्माणको जिम्मा पाएको कालिकाले निर्माणमा ढिलाई गरेपछि अन्योल भएको थियो । हतुवागढी गाउँपालिका, जनप्रतिनिधि ,संसदहरुले ध्यानआकर्षण गराउदै आएका थिए । वैठकमा पुल निर्माणमा देखिएका समस्याहरु समाधान गर्न निर्देशनालय, निर्माण व्यवसायी, जनप्रतिनिधि र सरकारवाला पक्षले पहल गर्ने सहमति भएको थियो । स्वीस सरकारको स्थानिय सडक पुल सहयोग इकाइ र पूर्वाधार निर्देशनालयले पुलको परिमार्जन भएको डिजाइनको अन्तिम रुप दिँदै कामलाई अघि बढाउन लागिएको हो । निर्माण व्यवसायीले तत्काल व्यवस्थापक र प्राविधिक परिचालन गरी त्यसबारे यातायात पूर्वाधार निर्देशनालयलाई जानकारी पठाउने निर्णय समेत गरिएको पूर्व मुख्यमन्त्री शेरधन राईले बताए । आगामी वर्षको असोज १३ गते भित्र पुल निर्माणको काम सक्ने निर्णय भएको राईले जनाए । भोजपुरको हसनपुर उदयपुरको मैनामैनीको सिमाना चुहार दुधकोशी माथिको निर्माणाधीन पक्की पुल समयमा नै निर्माण नहुँदा समग्र जिल्लाकै विकास निर्माण प्रभावित हुदै आएको छ । पुल निर्माण भए भोजपुर सदरमुकामबाट मात्र वैठकमा प्रदेशसभा सदस्य सिर्जना राईले वैठकको निर्णय कार्यान्वयन गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्ने बताइन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार