जनकपुरले एनपिएल जित्दै गर्दा प्रधानमन्त्री इटहरीमा, मञ्चबाटै दिए बधाई

शनिबार, ०६ पुस २०८१
इटहरी । प्रधानमन्त्री केपी सर्मा ओलीले नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटको विजेता टिम जनकपुर बोल्टस्लाई इटहरी जेसीज महाधिवेशनको उद्घाटन समारोहबाटै बधाई ज्ञापन गरेका छन् । जनकपुरले उपाधि जित्दै गर्दा प्रधानमन्त्री ओली जेसीज महाधिवेशनको उद्घाटन गर्न इटहरी आई पुगेका थिए । ‘सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले ठट्टा गर्दै भने, ‘यहाँ आएको छु तर मन चैँ एनपियलमा पनि छ ।’ त्यतिकैमा बाहिरबाट आवाज आयो,‘एनपिएल जनकपुरले जितिसक्यो ।’ लगत्तै प्रधानमन्त्री ओलीले भने, ‘मैले फोन हेरेको छैन जितेको हो भने, जनकपुरलाई बधाई । रनर अप हुनेलाई शुभकामना, वेट फर नेक्स्ट ।' प्रधानमन्त्री ओलीले महाधिवेशनको उद्घाटन गरेर फर्किसकेका छन् । जेसीजको महाधिवेशन आगामी तीन दिनसम्म चल्ने छ ।

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार