थुनुवामुक्त गराइदिने भन्दै रकम लिने पक्राउ

शनिबार, ०६ पुस २०८१
सुदूरपश्चिम : प्रहरी हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गरिदिने भन्दै थुनुवाका परिवारबाट रकम लिने तीनजनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ । कैलालीको गौरीगङ्गा नगरपालिका—७ का २९ वर्षीय रुपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्कसाउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । लागुऔषध मुद्दामा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका धनगढी उपमहानगरपालिका–१ का एकजनाका परिवारका सदस्यबाट उनीहरूले भारतीय ३९ हजार पाँच सय रुपैयाँ लिएको फेला परेको उनले बताए । अन्य रकम थुनुवालाई छुटाएपछि लिने भनी मोलमोलाई गरिएको अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । शुक्रबार राति पक्राउ परेका ती व्यक्तिमाथि थप अनसशन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

सम्बन्धित समाचार