तेह्रथुम कांग्रेसका पूर्व सभापति विमलीको निधन

मंगलबार, ०७ चैत्र २०७९
इटहरी । नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति तथा संविधानसभा सदस्य गणेशप्रसाद विमलीको ७४ वर्षको उमेरमा निधन भएको छ । कांग्रेस महासमिति सदस्यसमेत रहेका विमलीको भारतमा उपचार सम्भव नभएपछि घर ल्याउने क्रममा सोमबार राति बाटोमै निधन भएको परिवारले जनाएको छ । विमलीलाई एक महिनाअघि फोक्सोमा समस्या देखिएपछि उपचारका लागि भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा लगिएको थियो । फोक्सोमा जटिल प्रकृतिको क्यान्सर देखिएपछि रिसर्च सेन्टरले उपचार सम्भव नहुने भन्दै सोमबार घर फर्काइदिएको छोरा कुलदीपले बताए । विमलीको पार्थिव शरीरलाई मंगलबार बेलुका ११ बजेसम्ममा झापाको बिर्तामोड–५ स्थित घरमा लाइपुर्‍याइने र बुधबार झापाको कन्काई नदीमा अन्त्येष्टि गरिने भएको छ । आठराई गाउँपालिका ३ ह्वाकुमा जन्मिएका विमली ०३४ सालदेखि नै जिल्लामा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार