इटहरीका कार्यकर्तालाई चन्द्र भण्डारीले भने, ‘देश बनाउन नेतृत्वले चाहेन’

आइतबार, ०७ पुस २०८१
इटहरी । प्रतिनिधिसभाका सदस्य एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेतृत्वले चाहाना राख्यो भने देश बन्ने बताएका छन् । आइतबार इटहरीमा पार्टीका कार्यकर्तासङको छलफलमा उनले अहिलेको नेतृत्वमा देश बनाउने चाहानै नभएको उल्लेख गरे । मुलुकमा भएका आन्दोलनहरूको स्मरण गर्दै उनले भने, ‘नेतृत्वको इच्छाशक्ति भएन भने प्रणालीले मात्रै केही गर्न सक्दैन ।’ अग्रज नेताहरूले व्यवस्था परिवर्तनमा अतुलनीय योगदान पूर्याएको बताउँदै भण्डारीले अब अवस्था परिवर्तनका लागि हरेक कार्यमा नागरिकसँगै जान सकिने उल्लेख गरे । उनले भने, ‘हामीले जनतालाई आशा नै दिन सकिरहेका छैनौ त मुलुक कसरी बन्छ ? ’ जनताको लगानीमै हामीले बिजुली लगायतका क्षेत्रमा लगानी गर्न सकिने उल्लेख गर्दै भण्डारीले प्रतिफल आउने कुरामा लगानी गर्नुपर्नेमा जोड दिएका छन् । ‘हामी तिर्नै नसक्ने गरिएको ऋणमा विमानस्थल बनाउँछौँ । अनि विकास खोज्छौँ, उनले भने ‘नागरिकलाई प्रतिफल आउने कुरामा लगानी हुनुपर्‍यो । हरेक कुरामा हामीले सोधिखोजी गर्नुपर्‍यो नेताले भनेको मानेर मात्रै हुँदैन नि ! ’

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार