गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

आइतबार, ०७ पुस २०८१
काठमाडौं : धादिङको रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जना विरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ । गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगी, वडा अध्यक्ष प्रशान्त तामाङ र उपभोक्ता समितिका अध्यक्षसहित आठ जनाविरूद्ध विशेष अदालतमा आयोगले मुद्दा दायर गरेको हो । सडक निर्माणमा अनियमितता गरेको आरोपमा मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए । उनका अनुसार लागत अनुमान बमोजिम कार्य नभई कम काम भए गरेको कामलाई बढी गरेको देखाई प्राविधिक मूल्यांकन सहितको नापी किताब तयार एवं कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी भुक्तानी सम्बन्ध टिप्पणी र आदेशलाई सदर गरी १० लाख ८९ हजार ९ सय ८९ रुपैयाँ उपभोक्ता समितिलाई बढी भुक्तानी दिएको पाइएको हो । यसबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार