परिषद् परीक्षा उत्तीर्ण गरेका कानुन व्यवसायीलाई प्रशिक्षण

मंगलबार, ०७ चैत्र २०७९
विराटनगर । नेपाल कानुन व्यवसायी परिषद्को ३०औं परीक्षामा उत्तीर्ण कानुन व्यवसायीका लागि सञ्चालित तीन दिने आधारभूत व्यावसायिक प्रशिक्षण दिइएको छ । उच्च अदालत बार एसोसिएसन विराटनगरको सभाहलमा चैत ४ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको पूर्व व्यावसायिक तालिमको आज मंगलबार समापन गरियो । यस्तो तालिम पहिलो पटक काठमाडौं बाहिर कोशी प्रदेशको विराटनगरमा आयोजना गरिएको जनाइएको छ । नेपाल बार एसोसिएसनका महासचिव अन्जिता खनालले कार्यक्रमलाई सम्बोधन गर्दै यो पेशालाई अनुशासन र इमान्दारीसाथ गर्न सके यसले समाजमा स्थापित गराउन सहयोग गर्ने बताइन् । उनले प्रमाणपत्रको आधारमा मात्र कानुन व्यवसायी नबन्ने भएकोले यसको लागि इमानदारी, निरन्तरता र अध्ययन आवश्यक रहेको बताइन् । तालिममा ५९ जनाको सहभागिता थियो । समापन कार्यक्रममा नेपाल कानुन व्यवसायी परिषदले नवप्रवेशीहरुलाई कानुन व्यवसायीको प्रमाणपत्र, तीनदिने तालिमको प्रमाणपत्र, लाइसेन्स र कानुन व्यवसायीको व्याच प्रदान गरिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार