युवती प्रयोग गरी फसाइदिने घटनामा संलग्न इन्सपेक्टरलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश

सोमबार, ०८ पुस २०८१
काठमाडौं : युवती प्रयोग गरी फसाइदिने घटनामा संलग्न इन्सपेक्टर बिनुकुमारी शाहीलाई पाँच लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउने भन्दै रकम असुलेको घटनामा संलग्न इन्सपेक्टर शाहीलाई धरौटीमा रिहा गर्न ललितपुर जिल्ला अदालतले आदेश दिएको हो । उनलाई सोमबार पाँच लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो । न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले उनलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश गरेको अदालतका प्रवक्ता राम सजीवन महतोले जानकारी दिए । फरार रहेकी शाही आइतबार उनी जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी थिइन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार