दक्षिण कोरिया विमान दुर्घटना अपडेट : मृतकको सङ्ख्या ८५ पुग्यो

आइतबार, १४ पुस २०८१
काठमाडौँ । दक्षिण कोरियामा विमान दुर्घटना हुँदा ८५ यात्रुको मृत्यु भएको छ । चालक दलका ६ जना सदस्य र १७५ यात्रु बोकेको जेजु एअरको बोइङ–७३७ विमान आज बिहान अवतरणका क्रममा दुर्घटना भएको हो । थाइल्यान्डको राजधानी ब्याङ्ककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो । धावनमार्गमा चिप्लिएको विमान पर्खालमा ठोक्किएको हो । दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८५ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मृत्यु हुनेमा ४६ महिला र ३९ पुरुष रहेका छन् । मृतकको सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ । घाइतेको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार