मरेको कुखुराको मासु खाएर एकको मृत्यु, तीनजना बिरामी

आइतबार, १४ पुस २०८१
कैलाली : मरेको कुखुराको मासु खाएर एकजनाको मृत्यु भएको छ । जिल्लाको कमलबजार नगरपालिका ३ बयलाका १५ वर्षीय कमल विकको आइतबार मृत्यु भएको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले पुष्टि गरे । विकले शुक्रबार स्थानीय मासु पसलबाट ल्याएको मरेको कुखुराको मासु खाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मासु खाएपछि बिरामी भएका उनको आइतबार मृत्यु भएको डीएसपी भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार मृतककी हजुरआमा ७० वर्षीय नाम विक, उनकी १४ वर्षीया नातिनी सीता विक र नाति ९ वर्षीय विकास विक बिरामी भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मरेको कुखुराको मासु खाएपछि मृतक बालकसहित परिवारका अन्य सदस्यमा पेट दुख्ने, बान्ता गर्ने लगायतका स्वास्थ समस्या देखिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार