झापामा हत्कडी सहित एकजना थुनुवा फरार

विहीबार, ०९ चैत्र २०७९
झापा । झापाको बिर्ताबजारको प्रहरी चौकीबाट एकजना थुनुवा हतकडी सहित फरार भएका छन । बिहिबार बिहान २ बजेको समयमा शौचालय लैजाने क्रममा उनी हतकडी सहित फरार भएका हुन । मंगलबार बुलुका बिर्तामोड ३ का २५ बर्षिय प्रबिण माझीलाई चोरी आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । अनुसन्धानका लागि चौकीमा राखिएको अबस्थामा उनी राति नै फरार भएको प्रहरीले जनाएको छ । बिहान खोजी गर्ने क्रममा खेतमा हत्कडी भेटिएको तर माभली भने फरार रहेको र खोजी भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार