काठमाडौं : नबिल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा मनोज ज्ञवाली बढुवा भएका छन् ।
यसअघि डीसीईओ रहेका ज्ञवाली सिनियर डीसीईओमा बढुवा भएका हुन् । उनलाई बैंक सञ्चालक समिति बैठकले सिनियर डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो ।
२०७७ सालमा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएपछि उनी नबिल बैंकमा जोडिएका थिए । त्यसबेला ज्ञवाली नबिल बैंकको नायब महाप्रबन्धक डीजीए नियुक्त भएका थिए ।
प्रतिक्रिया