सर्वोच्च बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता पोखरेल

शनिबार, २० पुस २०८१
काठमाडौं : सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी हुनुभएको छ । अध्यक्ष पोखरेलले तीन सय ६८ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता महेश थापाले एक सय ८१ मत प्राप्त गरे । लोकतान्त्रिक कानून व्यवसायीको समूहबाट उम्मेद्वारी दिएका पोखरेलले न्यायपालिकालाई लोकतान्त्रिक, समावेशी, सक्षम अनि पारदर्शी बनाउने हाम्रो उद्देश्य रहेको बताउँदै आएका छन् । सर्वोच्च बारमा आवद्ध कानून व्यवसायीहरुलाई अझ सक्षम, प्राज्ञिक बनाउने योजना बनाएको उनले बताउँदै आएका छन् । उपाध्यक्षमा अम्बरबहादुर राउत, सचिवमा रमणकुमार श्रेष्ठ, पुष्पराज पौडेल र सहसचिवमा पुनदेवी महर्जन, कोषाध्यक्ष रामचन्द्र पौडेल, महिला सदस्यमा शशि बस्नेत विजयी भएका छन् । खुल्ला सदस्यमा दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, प्रमोद रेग्मी, पुरुषोत्तम लोहनी, प्रदीपकुमार राजवंशी र शतिशराज मैनाली विजयी भएका छन् । कुल ६ सय २६ मतदाता रहेको बारको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन भएको थियो ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार