गुजरातमा हेलिकप्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

आइतबार, २१ पुस २०८१
काठमाडौं : भारतमा हेलिकप्टर दुर्घटना भएको छ । गुजरात राज्यको पोरबंदर विमानस्थलमा सो हेलिकप्टर दुर्घटना भएको भन्दै स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । उक्त हेलिकप्टर तटरक्षक बलको रहेको बताइएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको तथा अरू कयौँ मानिस घाइते भएको बताइएको छ । हेलिकप्टर एएलएच ध्रुव नियमित उडानको क्रममा दुर्घटनामा परेको बताइएको छ। उद्धार कार्य जारी रहेको छ । दुर्घटनासम्बन्धी थप जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार