भारतले घटायो पेट्रोल र डिजेलको मुल्य

विहीबार, १५ मंसिर २०७९
भारतबाट पेट्रोल र डिजेलको भाउ घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । आइओसीले बिहीबार नेपाललाई पठाएको नयाँ मूल्यमा पेट्रोल र डिजेलको भाउ घटाएर पठाएको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेलमा ११ रूपैयाँ घटाएर पठाएको छ। बिहीबारको नयाँ मूल्यअनुसार निगमलाई डिजेलमा ५० पैसा र पेट्रोलमा १३ रूपैयाँभन्दा बढी नाफा छ। त्यस्तै निगमलाई सबै गरेर अबको मूल्यअनुसार पन्ध्र दिनमा ५८ करोड रूपैयाँ नाफा हुनेछ। भारतबाट पेट्रोल र डिजेलको भाउ पटक पटक घटेर आउदा पनि नेपाली बजारमा भने पुरानै मुल्य कायम हुदै आएको छ । नयाँ मुल्य आएपछि अब नेपाली बजारमा घटाउने या पुरानै मुल्यलाई कायम गर्ने भन्ने निर्णय हुन बाँकी रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार