सुनको मूल्य बढ्यो, तोलाको कति ? 

विहीबार, २५ पुस २०८१
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधवार सुन प्रतितोला १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा पनि १० रुपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार