बेलबारी । मोरङको बेलबारी ३ स्थित भगवती माध्यमिक बिद्यालयका एक शिक्षकले आफुहरुमाथि पटक पटक दुर्व्यवहार गरेको बिद्यालयमा अध्यायनरत छात्राहरुले आरोप लगाएका छन ।
पिडित छात्राहरुले आफुहरु माथि एक महिना अघि डाँगीहाटमा सम्पन्न रनिङ शिल्डमा सहभागी हुन जाँदा बिद्यालयका शिक्षक रामु हुमागाँइले जबरजस्ती आफनो मोटरसाईकलमा चढाएर बाटोमा शरिरका बिभिन्न अंगहरु छोएको,मोटरसाईकलमा ब्रेक लगाउँदै आफुतिर तानेको लगायत अश्लिल शब्दहरु बोलेको र आफुहरुलाई पटक पटक बिभिन्न ठाँउमा घुम्न जाँउ भन्ने गरेको उनीहरुको आरोप छ ।
बिद्यालयमा यो बिषयमा जानकारी गराउँदा बिद्यालयका शिक्षकहरु घर घरमा पुगेर परिवारलाई यो बिषय अरुलाई नभन्नु बेईज्जत हुन्छ भन्ने गरेको,बिद्यालका शिक्षिक शिक्षिकाहरुले बिद्यार्थीको मुख छोपेर आफना कुरा राख्न नदिएको,डर त्रास देखाएर मिल्न दबाव दिएको छात्राहरुको आरोप छ ।
शिक्षक हुमाागँईले ४ जना छात्राहरुलाई दुब्र्यबहार गरेको पिडितहरुको आरोप छ । यस बिषयमा आरोति शिक्षक रामु हुमाागँई सँग सम्पर्क गर्दा उनले यो आरोप भएको र आफुले गलत क्रियाकलाप नगरेको प्रतिक्रिया दिएका छन । बिद्यालयका प्रधानध्यापक नारायण आचार्यले भने यो बिषयमा बुझने काम भईरहेको र छलफल भईरहेको बताएका छन । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रतापकुमार थापाले भने पिडितले न्याय पाउनुपर्ने र सत्यतथ्य सार्बजनिक हुनुपर्ने बताउँछन । पिडितहरु सँगको अडियो र भिडियो कुराकानी सुरक्षित रहेको छ ।
प्रतिक्रिया