काठमाडौँ : राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा उदयपुरगढी–चौदण्डीगढी ऐतिहासिक सम्पन्न भएको छ ।
नेपाली सेनाको सक्रियतामा भएको पदयात्रामा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो । यही पुस २१ गते सुरु भएको पदयात्रा आज समापन भएको सेनाले जनाएको छ ।
पुस २७ को अवसर पारेर सेनाले विभिन्न जिल्लाका एकीकरण मार्गमा पदयात्रा गर्दै आएको छ । यस अवसरमा उदयपुरमा अन्य क्रियाकलाप पनि समावेश गरिएको थियो ।
विभिन्न विद्यालयका विद्यार्थीबीच वक्तृत्वकला, कविता वाचन, हाजिरीजवाफ प्रतियोगितासहित रचनात्मक कार्यक्रमको आयोजना गरिएको थियो ।
पदयात्रामा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीका साथै अभिभावक, त्रियुगा र चौदण्डीगढी नगरपालिका, रौतामाई र उदयपुरगढी गाउँपालिकाका स्थानीयवासी, जनप्रतिनिधिलगायत व्यक्तित्वको सहभागिता थियो ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।
प्रतिक्रिया