इटहरी : पूर्वाञ्चल लगानीकर्ता संघ गठन भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै संघ गठन गरिएको हो ।
तदर्थ समितिको अध्यक्षमा गिरिराज घिमिरे चयन भएका छन् ।
यसैगरी उपाध्यक्षमा दिव्यज्योति प्रसाईँ, सचिवमा हेमन्त नेपाल, सहसचिवमा सुवास भुजेल र कोषाध्यक्षमा नृपबहादुर निरौला चयन भएका छन् ।
यसैगरी संघको सदसयहरूमा ध्रुव अधिकारी, नारायण साह, लोकबहादुर वन, योगेश कोइराला, राजनारायण चौधरी, पूजा पौडेल, अनिष श्रेष्ठ, सुष्मा दङ्गाल, मनोज भण्डारी र भेषजा काफ्ले चयन भएका छन् ।
उक्त संघले सेयर लगानीकर्ताहरू हक, हितमा काम गर्ने कार्यसमितिले जनाएको छ ।
प्रतिक्रिया